जनता टाइम्स

१३ चैत्र २०७८, आईतवार १३:५३

सर्लाहीमा बस दुर्घटना हुँदा ४ जनाको मृत्यु, तीन दर्जन घाइते


काठमाडौं, चैत्र १३। सर्लाहीमा बस दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने तीन दर्जनभन्दा बढी यात्रु घाइते भएका छन् ।बीरगञ्जबाट जनकपुरधामतर्फ आउँदै गरेको ना.४ख ८५५५ नम्बरको बस पूर्वपश्चिम राजमार्गअन्तर्गत लालबन्दी नगरपालिकास्थित फुलजोर पुलबाट तल खसेर दुर्घटना भएको सर्लाही प्रहरीका प्रवक्ता एवं डीएसपी माधवप्रसाद बुढाथोकीले जानकारी दिनुभयो ।

उहाँका अनुसार दुर्घटनामा चार जनाको मृत्यु भएको छ । मृतकको नाम खुल्न सकेको छैन् । अन्य तीन दर्जन यात्रु घाइते भएका छन् । उनीहरुको विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल मलगंवा पुर्‍याइएको छ । बस दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।