काठमाडौं, १३ चैत । रिटर्नी फेडेरेसन नेपाल रामेछापको अध्यक्षमा अविनाश बुढाथोकी चयन हुनुभएको छ । रिटर्नी फेडेरेसन नेपाल नेकपा एमालेको जनवर्गीय संगठन हो । देशभर रहेको यस संगठनको रामेछाप जिल्ला हाक्ने जिम्मा बुढाथोकीलाई दिइएको हो । रामेछापको सदरमुकाम मन्थलीमा सम्पन्न जिल्ला भेलाले बुढाथोकीलाई अध्यक्ष चयन गरेको हो ।
कार्यक्रममा नेकपा एमाले केन्द्रीय सदस्य माधव ढुङ्गेलको प्रमुख आतिथ्यतामा हिजो सम्पन्न भएको प्रथम भेलाले बुढाथोकीको अध्यक्षतामा ११ सदस्यीय फेडेरेसनको नयाँ जिल्ला कमिटी चयन गरेको छ । कार्यक्रममा पार्टी केन्द्रीय लेखा आयोगका सदस्य जनक बराल, वाग्मती प्रदेश कमिटी सदस्य रत्नप्रसाद गौतम, जिल्ला अध्यक्ष आनन्दकुमार श्रेष्ठ, प्रदेश कमिटी सदस्यहरू रामकृष्ण लामा, भुवन घिमिरे, जिल्ला कमिटी उपसचिव प्रकाशकुमार कार्कीलगायतले सम्बोधन गर्नुभएको थियो ।
निर्वाचित कमिटीलाई पार्टी केन्द्रीय सदस्य गीता कार्की, फेडेरेसनका केन्द्री वरिष्ठ उपाध्यक्ष उत्तम अधिकारी, उपाध्यक्ष विनोद भट्टराई लगायतले बधाई तथा शुभकामना दिनुभएको थियो । कार्यक्रममा नवनिर्वाचित अध्यक्ष बुढाथोकीले यस कार्यक्रमलाई भव्यरूपमा सफल पार्न सहयोग गर्नुहुने आदरणीय नेताहरू र पार्टीका सहयोद्धाहरू प्रति आभार व्यक्त गर्नुभएको छ । अध्यक्ष बुढाथोकीले विदेशी भूमिका काम गरेर फर्किएकाहरूको हक, हितमा काम गर्ने बताउनुभयो ।














प्रतिक्रिया दिनुहोस्