काठमाडौं, चैत १३ । मुलुकभर एमाले प्रवेशको लहर चलेको बेला सञ्चार क्षेत्रमा पनि त्यस्को प्रभाव देखिएको छ । बिगत लामो समयदेखि ब्यावसायिक पत्रकारितामा सक्रिय चर्चित सञ्चारकर्मीहरु मुलुक बनाउने शक्ति एमाले नै रहेको प्रमाणित भएको भन्दै प्रेस चौतारी नेपालमा सक्रिय बनेका हुन ।
प्रेस चौतारी नेपालको नवौं महाधिवेशनपछि बसेको केन्द्रीय कमिटीको पहिलो बैठक तथा सपथग्रहण समारोहमै उपस्थित भएर ती सञ्चारकर्मीहरु प्रेस चौतारीमा सक्रिय बन्ने अठोट गरेका हुन । यसैक्रममा चर्चित टेलिभिजन कार्यक्रम प्रस्तोता सम्झना भुजेल र प्रेस सेन्टर नेपालका केन्द्रीय सदस्य तुल्सीप्रसाद कोइराला प्रेस चौतारी नेपालमा प्रवेश गरी केन्द्रीय समितिको जिम्मेवारी लिन तयार हुनुभएको छ ।
नवनिर्वाचित केन्द्रीय कमिटीको सपथ ग्रहणमै उपस्थित भएर सिधा कुरा जनतासँग सञ्चालन गरी चर्चित बन्नुभएकी भुजेल प्रेस चौतारीमा प्रवेश गर्नुभएको हो । भुजेल र कोइराला दुवै जनालाई प्रेस चौतारीले केन्द्रीय कमिटीमा मनोनीत गरी जिम्मेवारी दिएको छ । चर्चित पत्रकार भूजेलले एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले गरेको काम र राष्ट्रियताको पक्षमा लिएको दृढ अडानबाट एमाले नै देश बनाउने शक्ति भएको प्रमाणित भएकोले प्रेस चौतारीमार्फत अभियान अघि बढाउन समावेश भएको बताउनु भयो ।
यस्तै अर्का चर्चित सञ्चारकर्मी सुमन ढुंगाना, सरोज कोइराला, शिबशक्ति आचार्य पनि अव प्रेस चौतारीमार्फत ओली सरकारले गरेको कामलाई जनताको बीचमा पुर्याउने अठोटसहित सक्रिय बन्ने घोषणा गर्नुभएको छ । उहाँहरु पनि केन्द्रीय समितिमा रहेर सक्रियतापुर्वक काम गर्ने अठोट गर्नुभएको छ ।
अर्का चर्चित पत्रकार निरजराज जोशी पनि एमाले नेतृत्वबाट मात्रै मुलुकको समृद्धि संभव हुने तथ्य स्थापित भएकोले जनतालाई सुसुचित गराउन प्रेस चौतारीमार्फत अघि बढने अठोट गर्नुभएको छ । यस्तै एबिसी टेलिभिजनमा कार्यरत चर्चित पत्रकार अनन्त अनुराग पनि प्रेस चौतारीको केन्द्रीय समितिमा रहेर तथ्यका आधारमा सत्य स्थापित गर्ने र ओली सरकारको कामलाई जनतामाझ पुरयाउन सेतुको भूमिका निर्वाह गर्ने अठोटसहित केन्द्रीय समितिमार्फत सक्रिय बन्नुभएको छ ।
प्रतिक्रिया दिनुहोस्