जनता टाइम्स

१४ चैत्र २०७८, सोमबार ०८:५४

आज केही ठाउँमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना


काठमाडौं, चैत १४ । पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेकाले आज पनि देशका पहाडी क्षेत्रका केही ठाउँमा मेघगर्जन र चट्याङ्गसहित हल्का पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।

मौसमविद् मञ्जु बासीकाअनुसार तत्काललाई ठूलो पानी पर्ने सम्भावना छैन तर स्थानीय वायु र पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभावकै कारण प्रदेश(१, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही पहाडी क्षेत्रमा मौसम आंशिकदेखि सामान्य बद्ली भइ हल्का पानी पर्नेछ ।

अबको एकरदुई दिनको मौसम यस्तै रहने पनि मौसमविद्को भनाइ छ । काठमाण्डौ उपत्यकासहित पहाडी क्षेत्रको मौसम अहिले आंशिकदेखि सामान्य बद्ली भएको छ । तराईका जिल्लाको मौसम भने सामान्यतया सफा नै रहेको मौसमविद्ले बताएका छन् ।