काठमाडौं, चैत १४ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तह चुनावमा पार्टीले जित हासिल गर्ने प्रयाप्त आधार रहेका तथ्य राख्नुभएको छ । अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदनमा एमालेले चुनाव जित्ने मुख्य १८ आधार उल्लेख गर्नुभएको हो ।
कांग्रेस–माओवादी गठबन्धनसँगै लडेर एमालेले गत स्थानीय तह चुनावमा एक्लै ४२ प्रतिशत स्थानमा विजय हासिल गरेको स्मरण पनि अध्यक्ष ओलीले गराउनु भएको छ ।
यी हुन् मुख्य आधार :
१. पार्टीको सही सिद्धान्त, कार्यदिशा, नीति र समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षा ।
२. राष्ट्रिय स्वाधीनता, भौगोलिक अखण्डता, स्वाभिमान र राष्ट्रिय हितको पक्षमा खेलेको प्रभावकारी भूमिका, राष्ट्रको पहिचान, प्रतिष्ठा अभिवृद्धिको लागि गरेको असाधारण योगदान ।
३. केन्द्र, प्रदेश र स्थानीय सरकारको नेतृत्व गर्दा विकास र समृद्धिका क्षेत्रमा खलेको महत्वपूर्ण भूमिका, राष्ट्रको पहिचाना र प्रतिष्ठा अभिवृद्धिका लागि गरेको असाधारण योगदान ।
४. स्थानीय तहलाई अधिकारसम्पन्न बनाउन पार्टीले ०४७ सालदेखि नै खेलेको भूमिका, स्थानीय स्वायत्त शासनको अवधारणा (२०५४) र स्थानीय तहदेखि नै महिला र दलितको समावेशिताका लागि पार्टीको भूमिका ।
५. राज्यका हरेक अंगमा न्यूनतम एक तिहाई महिला सहभागिताका लागि पार्टीको नेतृत्वदायी योगदान ।
६. नेपालको संविधान निर्माणका क्रममा तीन तहको संघीय ढाँचा र स्थानीय तहलाई संवैधानिक प्रत्याभूति दिन पार्टीले खेलेको भूमिका, स्थानीय तहलाई प्रदेशको तजबिजी अधिकारभित्र राख्न विभिन्न दलबाट प्रकट भएका हानिकारक प्रस्तावको प्रतिवाद ।
७. नेकपा एमाले नेतृत्वको सरकारले स्थाीनय तहलाई प्रभावकारी बनाउन गरेको वित्तीय, कानुनी र प्रशासनिक योगदान ।
८. प्रत्येक पालिकामा आधारभूत अस्पताल, प्रशासनिक भवन, प्रतयेक पालिका केन्द्य्र जोड्ने सडक, प्रतयेक निर्वाचन क्षेत्र जोड्ने. रणनीतिक सडकलगायत कार्यक्रम ।
९. तराईका जिल्लामा सघन सहरी विकास कार्यक्रम र तराई मधेश समृद्धि कार्यक्रममार्फत् गरिएको लगानी एवं सुनकोशी मरिन र भेरी बबई डाइभर्सन जस्ता रुपान्तरणकारी योजनाको थालनी ।
१०. एक घर एक धारा, खरको छाना विस्थापन, भूमिहीनलाई आवास लगायत सरकारका जनमुखी कामहरु ।
११. सरकार परिवर्तन हुनासाथ स्थानीय तहलाई प्रदेशको तजबिजमा राख्न चलाइएको असंवैधानिक प्रयासलाई निष्फल पार्न पार्टीको भूमिका ।
१२. पार्टीले विजय हासिल गरेका स्थानीय तहमा हासिल उपलब्धी र महत्वपूर्ण काम ।
१३. भैरहवा र पोखरामा अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण, जयनगर जनकपुर कुर्था पूर्व पश्चिम रेलमार्ग निर्माण लगायत पूर्वाधार विकासमा दूरगामी महत्वका रणनीतिक योजनाहरुको थालनी ।
१४. संघीय संरचना र नयाँ प्रणालीको संस्थागत विकासका लागि गरिएका योजनाबद्ध कामहरु । मौलिक हकको व्यवहारिक कार्यान्वयनका लागि नयाँ कानुनहरुको निर्माण ।
१५. नेकपा एमाले नेतृत्वको सरकारले सुरु गरेको सामाजिक सुरक्षाको दायरालाई विस्तार गर्दै नागरिकको जीवनचक्रमाथि आधारित सामाजिक सुरक्षाको अवधारणा विकास । स्वास्थ्य बीमा, योगदानमाथि आधारित सामाजिक सुरक्षा लगायत महत्वपूर्ण कामहरुको थालनी ।
१६. महामारी र प्राकृतिक विपत्तिका विरुद्ध हाम्रो सरकारले खेलेको प्रभावकारी भूमिका ।
१७. भूकम्पपछिको पुननिर्माणमा सरकारले हासिल गरेको असाधारण सफलता ।
१८. सिके राउत समूह र विप्लव समूहसँगको वार्ता, पृथकतावादको अन्त्य र हिंसाको शान्तिपूर्ण अवरतरणजस्ता राजनीतिक समस्याको समाधानमा ठूलो सफलता, आदी ।













प्रतिक्रिया दिनुहोस्