पाल्पा, असार २४ । पाल्पाको निस्दी गाउँपालिकामा हावाबाट बिजुली उत्पादन गरी वितरण हुँदै आएको छ । यस वर्षबाट हावासँगै सौर्यबत्ती प्रयोग गरेर त्यस क्षेत्रका नागरिकलाई उज्यालोमा राख्ने तयारी छ । सौर्य ऊर्जाको सेवा असारको अन्तिमसम्ममा सञ्चालन हुने भएको छ । यसअघि एक हजार २०० किलोवाट क्षमतामा हावाबाट बिजुली उत्पादन सफल भएको थियो ।
वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र नेपाल र निस्दी गाउँपालिकाको संयुक्त लगानीमा हावा र सौर्य ऊर्जाबाट विद्युत् सेवा दिने गरी काम अन्तिम चरणमा पुगेको गाउँपालिकाका अध्यक्ष मुक्तबहादुर सारुले जानकारी दिनुभएको छ ।
केहि समय अघि प्रधानमन्त्री केपी शर्मा ओलीले हावा बाट विद्युत निकाल्ने कुरागर्दै गर्दा केहि मानिसहरुले उक्त कुरालाई हावा भन्ने हरुलाई पाल्पाका निकाले यस विद्युतले नतमस्क बनाएको स्थानिय बासी बताउनुहुन्छ । प्रधानमन्त्रीले हुने कुरा बोल्नु भएको हो तर त्यसलाई हावामा उडाउनेहरुनै आज बोल्न नसक्ने भएको स्थानिय बासीले बताउनुभयो ।
यसअघि रुक्सेभज्याङको बजारक्षेत्र र वडा नं ४ को वडा कार्यालयमा विद्युत् सेवा पुगेकामा अब स्थानीय तीन गाउँका करीब १८० घरधुरीलाई सेवा दिने लक्ष्य रहेको वायु तथा सौर्य ऊर्जा उपभोक्ता समितिका अध्यक्ष भुपिन्द्र सुनारीले बताउनुभयो । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको दुई करोड, गाउँपालिकाको ४२ लाख, स्थानीय बासिन्दाको जनश्रमदान गरी करीब तीन करोडको लागतमा २५ किलोवाट क्षमताको विद्युत् सेवा उपलब्ध गराउने तयारी भएको अध्यक्ष सुनारीको भनाइ छ ।
अहिले हावाबाट विद्युत् उत्पादनका लागि पाँच र दश किलोवाट क्षमताका पङ्खा जडान गरिएको छ । विद्युतगृह निर्माण, पोल तथा तार विस्तारको काम तथा घरघरमा ‘वाइरिङ’को काम सकिएको र अब ब्याट्री जडानको काम मात्र बाँकी रहेको समितिले जनाएको छ ।
हावा र सौर्यशक्तिबाट बाह्रै महीना ब्याट्री चार्ज हुने भएकाले विद्युत् जाने समस्या पनि कम हुने गाउँपालिकाले जनाएको छ । यसअघि हावाबाट विद्युत् सेवा हावादारी कुराजस्तो ठाने पनि सेवाप्रवाह राम्रो भएको स्थानीयवासी सन्तवीर सुनारीले बताउनुभयो ।
मित्यालमा पुनः सेवा थप हुने र डाँडाभेगका स्थानीयवासी उज्यालोमा जीवनयापन गर्न पाउने भएपछि यहाँका बासिन्दा खुशी भएका छन् । पाल्पा सदरमुकामबाट करीब ७० किलोमिटर पूर्व विकट भेग मित्यालमा विद्युत् सेवा नपुगेर अँध्यारोमा बसेका स्थानीयवासी असार मसान्तभित्र हावा र सौर्य ऊर्जाबाट बिजुली बल्छ भन्नेमा ढुक्क छन् ।
प्रतिक्रिया दिनुहोस्