जनता टाइम्स

१४ चैत्र २०७८, सोमबार २२:१६

राप्रपाका केन्द्रीय नेता तथा नेपाल स्वयंसेवक संघका केन्द्रीय अध्यक्ष पौडेल सहित १० हजार नेता–कार्यकर्ता नेकपा एमालेमा प्रवेश


कपिलवस्तु, चैत्र १४ । कपिलवस्तुमा विभिन्न पार्टी परित्याग गरी १० हजार बढी नेता–कार्यकर्ता नेकपा एमालेमा प्रवेश गरेका छन् ।

सोमबार कपिलवस्तुमा भएको बृहत पार्टी प्रवेश कार्यक्रममा संघीय सांसद बृजेशकुमार गुप्ता, प्रदेश सांसद धर्मबहादुर लाल श्रीवास्तव, कपिलवस्तु नगपालिका वडा नम्बर १, वडा अध्यक्ष सुदीप पौडेल, वडा नम्बर ४ का वडा अध्यक्ष रविन्द्र त्रिपाठी, वडा नम्बर १२ का वडा अध्यक्ष ओमप्रकाश पाण्डेय, बुद्धभूमि नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष नन्दलाल यादव, यशोधरा गाउँपालिका वडा नम्बर ८ का वडा अध्यक्ष शहबुद्धिन मुसलमान, कपिलवस्तु नगरपालिकाका पूर्वमेयर रामदास गुप्ता, पूर्वउपमेयर वासुदेव कसौधन, कृष्णनगरका युवा नेता कुनालप्रताप साह, लगायतका १० हजार बढी नेता कार्यकर्ता एमालेमा प्रवेश गर्नुभएको हो ।

समारोहमा सांसद गुप्ताको नेतृत्वमा ७ हजार र कुनालप्रताप साहको नेतृत्वमा ३ हजार नेता कार्यकर्ता एमालेमा प्रवेश गरेका हुन् । उहाँहरुलाई नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा स्वागत गर्नुभएको छ ।