जनता टाइम्स

१४ चैत्र २०७८, सोमबार २२:२२

धनुषामा मोटरसाइकल दुर्घटना : ४ बालकको मृत्यु, एक घाइते


जनकपुरधाम, चैत्र १४ । धनुषाको सबैला नगरपालिका १२ मा भएको मोटरसाइकल दुर्घटनामा चार जनाको मृत्यु भएको छ । दुर्घटनामा एक जना घाइते भएका छन् । मृतक र घाइते सबै १५ वर्ष मुनीका छन् ।

उनीहरु एउटै मोटरसाइकलमा सवार रहेको बेला दुर्घटना भएको छ ।ज ६ प ६७३९ नम्बरको मोटरसाइकल दुर्घटना हुंदा सबैला नगरपालिका २ का १५ बर्षीय राहुल यादव, १२ बर्षीयका लक्ष्मी यादव, १४ वर्षीय बौका भनिने विकास यादव र १४ बर्षकै सुमित यादवको मृत्यू भएको इलाका प्रहरी कार्यालय सबैलाले जनाएको छ ।

प्रहरीका अनुसार दुर्घटनामा घाइते सबैलाई उद्धार गरी उपचारका लागि प्रादेशिक अस्पताल जनकपुरधाम पुर्‍याइयो थियो तर अस्पतालले चार जनालाई मृत घोषणा गरिसकेको छ । घाइते सबैला २ का १९ बर्षीय सुरेन्द्र यादवको उपचार भइरहेको छ । तिब्र गतिमा मोटरसाइकल गुडाउदा अनियन्त्रित भएर दुर्घटना भएको हुनसक्ने प्रहरीको अनुमान छ ।