जनता टाइम्स

१५ चैत्र २०७८, मंगलवार १७:३८

मन्त्रिपरिषद् निर्णय : केदारभक्त माथेमालाई ‘द अर्डर अफ जापान’ अवार्ड


काठमाडौं, १५ चैत । त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपतिसमेत रहेका जापानका लागि पूर्व नेपाली राजदूत केदारभक्त माथेमालाई सरकारले ‘द अर्डर अफ जापान (द अर्डर अफ द राइजिङ सन, गोल्ड एन्ड सिल्भर स्टार)’ अवार्डका लागि स्वीकृत गरेको छ ।

मन्त्रिपरिषद्को बैठकले जापान सरकारले प्रदान गर्ने उक्त अवार्ड लिन माथेमालाई स्वीकृति दिने निर्णय गरेको हो ।