जनता टाइम्स

१६ चैत्र २०७८, बुधबार ११:११

जोन्टा क्लबमा राष्ट्रपति भण्डारीको सम्बोधन


काठमाडौं, चैत्र १६ । राष्ट्रपति विद्यादेवी भण्डारीले जोन्टा इन्टरनेसनल र जोन्टा डिस्ट्रिक्ट २५ का प्रतिनिधिहरू सम्मिलित जोन्टा क्लब अफ काठमाडौँको एरिया २ को बैठकलाई सम्बोधन गर्नुभएको छ ।

प्रतिनिधिहरूले जोन्टा इन्टरनेशनल, जोन्टा डिस्ट्रिक्ट २५ र जोन्टा क्लबहरूले महिला र बालिका सशक्तिकरणका लागि गरेका विभिन्न कार्यहरूबारे राष्ट्रपति भण्डारीलाई जानकारी गराएका थिए।

बैठकमा राष्ट्रपति भण्डारीले महिला र बालबालिकाका लागि देशको प्राथमिकताका बारेमा आफ्नो सुझाव दिनुभएको छ ।