जनता टाइम्स

१६ चैत्र २०७८, बुधबार १३:१३

गोकर्णेश्वरमा टिपरको ठक्करबाट दुई बालिकाको घटनास्थलमै मृत्यु


काठमाडौं, १६ चैत । काठमाडौंको गोकर्णेश्वर नगरपालिका–१ सुन्दरीजल खड्कागाउँमा आज बिहान टिपरको ठक्करबाट मोटरसाइकलमा सवार दुई जना बालिकाको घटनास्थलमै मृत्यु भएको छ । मोटरसाइकल चालक भने गम्भीर घाइते भएका छन् । मृत्यु हुनेमा गोकर्णेश्वर नगरपालिका–१ सुन्दरीजलकी अन्दाजी ९ बर्षीया श्रेया तामाङ र ४ बर्षीया श्रृष्टी तामाङ रहेका छन् ।

घाइते भएका मोटरसाइकल चालक ३० बर्षीय रोहन तामाङको अत्तरखेल स्थित नेपाल मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ । बा ४ ख ६९६५ नम्बरको ट्रिपरले तामाङ बुबा छोरीहरू सवार बा ५१ प ८७३३ नम्बरको मोटरसाइकललाई बिहान सवा ८ बजे ठक्कर दिएको थियो । ट्रिपर चालकलाई प्रहरी वृत्त बौद्धले नियन्त्रणमा लिएको छ ।