जनता टाइम्स

१७ चैत्र २०७८, बिहीबार ०९:२१

एमाले अध्यक्ष केपी शर्मा ओली कर्णाली प्रदेशमा


काठमाडौं, चैत्र १७ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज कर्णाली प्रदेशका विभिन्न जिल्लामा पुग्दै हुनुहुन्छ ।

कर्णाली प्रदेशमा विभिन्न्न पार्टी परित्याग गरि हजारौ नेता कार्यकता एमालेमा प्रवेश गर्ने भएपछि उहाँ कर्णाली प्रदेश पुग्नु भएको हो । हिजो साँझ ८ : १५ बजे नेपालगञ्ज पुग्नुभएका अध्यक्ष ओली स्नेहामा बस्नु भएको छ ।

ओलीको सचिवालयका अनुसार आज विहान जुम्ला र कालिकोटमा जाने कार्यक्रमका लागि अध्यक्ष हिजोनै नेपालगञ्ज पुग्नुभएको हो ।

आज विहान १० बजे हेलिकप्टरबाट जुम्लाको सिंजा र कालिकोटका पार्टी प्रवेश र चुनावीसभा सकेर नेपालगञ्ज हुँदै भोली नै अध्यक्ष ओली काठमाडौं फर्कने कार्यक्रम रहेको छ ।