काठमाडौं, १७ चैत । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले एमसीसी पक्षधरलाई गाउँ–गाउँबाट लखेट्नुपर्ने बताउनुभएको छ । आज काठमाडौंमा आयोजित वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टीको राष्ट्रिय भेलामा उहाँले कसैको स्वार्थका लागि नेपालमा एमसीसी लागू हुन नसक्ने भन्दै यसका विरुद्ध मोर्चा खोल्नुपर्नेमा जोड दिनुभयो ।
उहाँले नेपालमा एमसीसी लागू हुन नसक्ने दाबी पनि गर्नुभयो । नेपालमा साम्राज्यवादको हस्तक्षेप रोक्नुपर्ने विप्लवले बताउनुभयो ।
नेपाल र नेपाली गरिब भएर समस्या नआएको भन्दै नेपालको दलाल पुँजीवादी सत्ताका कारण समस्या पैदा भएको उहाँको टिप्पणी छ । उहाँले भन्नुभयो,‘दलाल पुँजीवादी सत्ताले नेपाली जनतालाई लुछिरहेको छ । अब गाउँ–गाउँबाट एमसीसी पक्षधरलाई लखेट्नुपर्छ ।’













प्रतिक्रिया दिनुहोस्