जनता टाइम्स

१८ चैत्र २०७८, शुक्रबार १९:४१

प्रधानमन्त्री देउवा र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता


काठमाडौं, १८ चैत । तीन दिने भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय विदेशमन्त्री एस जयशंकरबीच भेटवार्ता भएको छ । देउवासँग जयशंकरले नयाँ दिल्लीको होटल आईटीसी मौर्यमा भेटेका हुन् ।

भ्रमणका क्रममा आज नयाँ दिल्ली पुगेलगत्तै देउवाको यो पहिलो भेटवार्ता हो । देउवा ५० सदस्यीय टोली लिएर भारत पुग्नुभएको छ । उहाँले भोलि भारतीय समकक्षी नरेन्द्र मोदीसँग भेटवार्ता गर्ने कार्यक्रम छ ।