काठमाडौं, चैत्र १९ । नेपाल एयरलाइन्सको जहाज थाइल्यान्डमा ठूलो दुर्घटनाबाट बचेको छ । काठमाडौंका लागि उड्न तयार भएको जहाज रन वेमा दौडिरहेका बेला एक्कासी दुवैतर्फका टायर पन्चर भएका थिए ।
जहाजमा रहेका नेपाल उद्योग वाणिज्य महासंघका पूर्व केन्द्रीय सदस्य भुषण राजलवटका अनुसार पाइलटको अत्यन्त सुझबुझका कारण जहाज ठूलो दुर्घटनाबाट बचेको छ । “जहाज दौडिरहेको थियो,” उहाँले भन्नुभयो , “दुवैतर्फका टायर पन्चर भएको पाइलटलाई जानकारी भएछ ।
त्यसपछि उहाँले रोक्नुभयो । हामी ठूलो दुर्घटनाबाट बच्यौँ ।” उहाँका अनुसार सबै यात्रुलाई बाहिर निकालिएको छ भने जहाज मर्मतपछि काठमाडौं ल्याउने तयारी गरिएको छ । “टायर परिवर्तन गरेर ल्याउने भनेर जानकारी गराइएको छ,” उहाँले भन्नुभयो । नेपाल एयरलाइन्सको आर ए ४०२ दुर्घटनाबाट बचेको हो ।













प्रतिक्रिया दिनुहोस्