जनता टाइम्स

२० चैत्र २०७८, आईतवार ११:२३

ओली सरकारका १०१ काम समेटेर अनेरास्ववियुले निकाल्यो पुस्तिका


काठमाडौं, चैत्र २० । नेकपा एमालेको भातृ संगठन अनेरास्ववियुले पार्टी अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुँदा गरेका कामहरू समेटेर पुस्तिका निकालेको छ।

अनेरास्ववियु केन्द्रीय कमिटीले (अनेरास्ववियु निर्वाचन सचेतना पुस्तिका) निकालेको हो।उक्त पुस्तिका अनेरास्ववियुको प्रथम पूर्ण बैठकमा पनि वितरण गरिएको थियो।

यस पुस्तिकाभित्र ओली सरकारले गरेका १०१ काम र निर्वाचन तथा यससँग सम्बन्धित कानुनी प्रावधान समेटिएको अनेरास्ववियुको केन्द्रीय कार्यालयले जनाएको छ।