जनता टाइम्स

२० चैत्र २०७८, आईतवार १२:३६

क्यारमबोर्डमा नि अब्बल एमाले अध्यक्ष ओली (भिडियोसहित)


काठमाडौं, २० चैत । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली क्यारमबोर्डमा नि अब्बल देखिएनु भएको छ । विभिन्न सामाजिक सञ्जालमा अध्यक्ष ओलीले खेल्नुभएको खेलको भिडियो एक करोड बढीले हेरेका छन् । हिजो नेकपा एमालेको खोटाङमा आयोजित वृहत पार्टी प्रवेश तथा भेलामा सहभागी भएर फर्किए लगत्तै उहाँले खेल खेल्नुभएको हो ।

भिडियो खिचेर सामाजिक सञ्जालमा पोष्ट गर्नुभएको युवा संघका नेता सुरेश भण्डारीले अध्यक्ष ओली हरेक कुरामा अब्बल रहनुभएको बताउनुभयो ।

नुवाकोटका युवा नेता भण्डारीले भन्नुभयो,‘हलेसीबाट फर्कने बित्तिकै घरमा सुरक्षाकर्मीहरूले खेलिरहेको क्यारमबोर्ड खेल्न पुग्नुभयो । राम्रोसँग खेल्नुभयो, मैले सामाजिक सञ्जालमा उक्त भिडियो पोष्ट गरेको थिएँ । अहिले त सबैतिर हेर्दा एक करोड बढीले हेर्नुभएछ ।’