काठमाडौं, २० चैत । प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमण सकेर स्वदेश फर्किनुभएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी निमन्त्रणामा देउवा भारत पुग्नुभएको थियो ।
भारतको ३ दिने भ्रमण सकेर देउवा आज साँझ स्वदेश फर्किनुभएको हो । भारत भ्रमणका क्रममा देउवाले भारतीय समकक्षी मोदीसँग एक्ला एक्लै वार्तासहित प्रतिनिधिमण्डलस्तरीय भेटवार्ता भएको थियो ।
मोदीसँगको भेटमा देउवाले सीमा समस्याको विषयमा समेत कुरा उठाइएको बताइएको छ । देउवाको भ्रमणका क्रममा नेपाल र भारतबीच ४ वटा विषयमा सम्झौता भएको छ ।












प्रतिक्रिया दिनुहोस्