पाँचथर, २१ चैत । पाँचथर उद्योग वाणिज्य संघ को अधिवेशनमा सत्तारुढ दललाई झड्का लागेको छ ।अध्यक्ष पदमा सत्तारुढ गठबन्धनका नरेन्द्र अधिकारी पराजित हुनुभएको छ।१२ औँ अधिवेशनबाट अध्यक्षमा नवराज घिमिरे विजयी हुनुभएको छ ।
घिमिरे ७९ मतले विजयी हुनुभयो । घिमिरेले मत६५२ प्राप्त गर्नुभएको छ भने अधिकारीले मत ५७३ प्राप्त गर्नुभएको छ । अधिकारी सत्ता गठबन्धनबाट काग्रेसका उम्मेदवार हुनुहुन्थ्यो ।
काग्रेस, नेकपा माओवादी केन्द्र, एकिकृत समाजवादी र संघिय समाजवादी बिच गठबन्धन थियो । घिमिरे नेकपा (एमाले) का हुन् । एमाले र राप्रपाको गठबन्धन थियो । स्थापनादेखि पहिलो पल्ट पाँचथर उद्योग वाणिज्य संघको नेतृत्व कांग्रेसले गुमाएको हो ।













प्रतिक्रिया दिनुहोस्