जनता टाइम्स

२१ चैत्र २०७८, सोमबार १३:२४

माओवादी केन्द्रलाई झड्का : बेनिघाट रोराङ गाउँपालिका अध्यक्ष एमालेमा प्रवेश


काठमाडौं, चैत्र २१ । धादिङको बेनिघाट रोराङ गाउँपालिका अध्यक्ष पित्तबहादुर डल्लाकोटी (हरि) एमाले प्रवेश गर्नुभएको छ । उहाँ २०७४ सालको चुनावमा नेकपा माओवादी केन्द्रबाट गाउँपालिका अध्यक्ष निर्वाचित हुनुभएको थियो ।

उहाँ नेकपा माओवादी केन्द्रको बागमती प्रदेश कमिटीको सदस्यसमेत हुनुहुन्थ्यो ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नै निवास बालकोटमा भएको कार्यक्रममा डल्लाकोटीलाई एमाले प्रवेश गराउनुभएको हो । एमाले पृष्ठभूमिका डल्लाकोटी १५ वर्षपछि एमाले फर्किनुभएको हो ।