जनता टाइम्स

२२ चैत्र २०७८, मंगलवार ११:४३

माओवादी केन्द्रबाट निर्वाचित दुई उपमेयर एमालेमा प्रवेश


काठमाडौं, २२ चैत्र ।नेकपा माओवादी केन्द्रबाट निर्वाचित भएका दुई उपमेयर नेकपा एमालेमा प्रवेश गरेका छन् । वैशाख ३० गते हुन लागेको स्थानीय निर्वाचन नजिकिएकै बेला धनुषाको गणेशमान चारनाथ नगरपालिकाकी उपमेयर मीनाकुमारी यादव र विदेश नगरपालिकाकी उपमेयर निलम म ण्डल एमालेमा प्रवेश गर्नुभएको हो ।

उहाँहरुलाई काठमाडौंमा आयोजित कार्यक्रममा एमालेका अध्यक्ष केपी शर्मा ओलीको पार्टीमा स्वागत गर्नुर्भको हो । सोमबार यादव र मंगलबार मण्डल एमालेमा प्रवेश गर्नुभएको हो ।उपमेयर मण्डलले माओवादीका नेताहरुले वास्ता नगरेपछि बाध्य भएर एमालेमा प्रवेश गरेको बताउनुभयो। त्यस्तै जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १० का सुशील कर्ण, व्यवसायी मौसम बजाज, किसन मण्डल, रोशन यादव समेत एमालेमा प्रवेश गर्नुभएको छ।

कर्ण स्थानीय तहको निर्वाचनमा तत्कालिन राष्ट्रिय जनता पार्टी नेपालबाट जनकपुरधाम वडा नम्बरका उम्मेदवार हुनुहुन्थ्यो। उहाँ काँग्रेसका निर्वाचित वडा अध्यक्ष मिथिलेश कर्णसंग झिनो मतले पराजित हुनुभएको थियो ।