जाजरकोट, २२ चैत । नलगाड नगरपालिकाले सबै वडा कार्यालय आफ्नै भवनमा राखेको छ । सबै वडामा कार्यालय भवन बनाएपछि केन्द्रले पनि आजदेखि नयाँ प्रशासकीय भवनबाट सेवा सुरु गरेको छ । दल्लीस्थित नगरपालिकाको नयाँ भवनमा ३५ वटा कोठा छन् । नगरपालिकामा १३ वटा वडा छन् ।
नगरपालिकाको केन्द्रीय कार्यालय भवनबाट सबै शाखाको समेत काम हुने प्रमुख प्रशासकीय केन्द्र मानबहादुर गिरीले बताए । नगरपालिका भित्रका सबै कार्यालयहरू अब भाडामुक्त भएको उहाँले बताउनुभयो । पालिकाको १५ बेडको नगर अस्पताल भवन निर्माण पनि जारी रहेको नगरप्रमुख टेकबहादुर रावलले बताउनुभयो ।













प्रतिक्रिया दिनुहोस्