जनता टाइम्स

२२ चैत्र २०७८, मंगलवार १५:३६

केही स्वार्थी मान्छेले केपी ओली मधेशविरोधी हो भन्ने हल्ला चलाए : एमाले अध्यक्ष


वीरगञ्ज, २२ चैत । एमाले अध्यक्ष केपी ओलीले केही व्यक्तिलाई आफूलाई मधेशविरोधी रहेको हल्ला चलाएको बताउनुभएको छ ।

वीरगञ्जमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले केही स्वार्थी व्यक्तिले केपी ओली मधेशीविरोधी रहेको हल्ला चलाएको बताउनुभएको हो ।

‘केपी ओली मधेशविरोधी हो भन्ने हल्ला चलाए केही स्वार्थी मान्छेहरुले,’ उहाँले भन्नुभयो, ‘म मधेशको मान्छे । ६० वर्षदेखि मत मधेशको बासिन्दा हो । ६० वर्षदेखि मधेशमा बसेको छु ।’