काठमाडौं, चैत्र २२ । सरकारले विभिन्न पाँच वटा अध्यादेश ल्याएका छन् । मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार पाँच वटा अध्यादेश जारी गर्नु भएको हो ।
यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश, फौजदारी कसूर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐनलाई संशोधन गर्ने अध्यादेश, सामाजिक सुरक्षा (पहिलो संशोधन) अध्यादेश, तेजाब तथा अन्य घातक रासायनिक पदार्थ नियमन अध्यादेश र नेपाल प्रहरी र प्रदेश प्रहरी कार्यसञ्चालन सुपरिवेक्षण र समन्वय पहिलो संशोधन अध्यादेश जारी भएको राष्ट्रपति कार्यालयले जनाएको छ ।
सरकारले संसद अधिवेशन अन्त्यसँगै निष्क्रिय भएका ५ वटा अध्यादेश पुनः ब्युताइएको हो । तत्कालीन केपी ओली नेतृत्वको सरकारले ल्याएका अध्यादेश यसबीचमा संसदमा पेश भए पनि संसदले कानून बनाउन सकेको थिएन ।













प्रतिक्रिया दिनुहोस्