काठमाडौँ, चैत्र २२ । नेकपा (एमाले)मा प्रवेश गरेका बेनिघाट रोराङ गाउँपालिकाका अध्यक्ष पित्त बहादुर डल्लाकोटी (हरि) लाई नेकपा माओवादी केन्द्रले कब्जामा लिएको खुलेको छ ।
माओवादीबाट निर्वाचित डल्लाकोटी सोमबार एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोट पुगेर एमालेमा प्रवेश गर्नुभएको थियो । उहाँलाई माओवादी (केन्द्र)कै नेताहरुको संलग्नतामा कब्जा गरिएको बताइएको छ । उहाँ माओवादीमै फर्किएको विज्ञप्ति आए पनि उहँलाई माओवादीका धादिङका नेताहरुले कब्जामा लिएर जबरजस्ती विज्ञप्ति निकाल्न लगाएको बताइएको छ । उहाँ हाल सम्पर्कविहीन हुनुहुन्छ ।
सोमबार एमाले प्रवेश गर्ने क्रममा पनि उहाँलाई माओवादी अध्यक्ष प्रचण्डदेखि नेता सालिकराम जमरकट्टेलसम्मबाट पटक पटक धम्की आइरहेको थियो । काठमाडौँबाट फर्के लगत्तै उहाँलाई माओवादीका नेताहरुले कब्जामा लिएको बताइएको छ । उहाँको हाल मोबाइल पनि स्वीच अफ रहेको छ । उहाँ मंगलबार विहान १० बजेसम्म एमाले धादिङका अध्यक्ष भूमि त्रिपाठीसँग सम्पर्कमा रहनुभएको थियो । तर त्यस यता उनी सम्पर्कविहीन हुनुहुन्छ । आज विहान त्रिपाठीसँग कुरा हुँदा एमालेमै रहेर अब कार्य गर्ने बताउनुभएको थियो ।













प्रतिक्रिया दिनुहोस्