पोखरा, चैत्र २३ । गण्डकी प्रदेशका युवा तथा खेलकुदमन्त्री राजीव गुरुङ (दीपक मनाङे) ले मंगलबार कर्मचारीमाथि गर्नुभएको छ। मंगलबार ५ बजेपछि मन्त्रीको कार्यकक्षमा पुगेका मन्त्रालयका सूचना अधिकारी प्रकाश ओझामाथि उहाँले हातपात गर्नुभएको हो ।
मन्त्रालयका एक कर्मचारीका अनुसार फाइल लिएर गएका ओझासँग मन्त्रीको भनाभन भएको थियो । भनाभनकै क्रममा मन्त्री मनाङले धकेल्दै ओझालाई कुटपिट गर्नुभएको थियो । युवा स्वरोजगारसम्बन्धी कार्यविधिमा छलफल हुँदा दुईबीच विवाद भएको बुझिएको छ । घटनापछि ओझा बुधबार कार्यालय आउनुभएन । स्वास्थ्य परीक्षण गर्न अस्पताल जानका लागि मोटरसाइकल मगाएपछि मन्त्रालयकै कर्मचारीले उहाँको कोठामा पुर्याइदिएका थिए ।
मन्त्रीका निजी सचिव राजेन्द्र आचार्यले भने घटनाबारे आफूलाई ढिलो गरी थाहा पाएको बताउनुभयो । ‘म मन्त्रालयका अरु काममा व्यस्त थिएँ,’ उहाँले भन्नुभयो, ‘मन्त्रीज्यूको कार्यकक्षमा भनाभन भएको भन्ने थाहा पाएँ ।’ ओझाको मोबाइल मंगलबारदेखि नै ‘अफ’ भएकोले थप जानकारी लिन नपाएको उहाँले बताउनुभयो ।













प्रतिक्रिया दिनुहोस्