जनता टाइम्स

२३ चैत्र २०७८, बुधबार १८:३२

नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा तीन जनाको नाम सिफारिस हुँदै


काठमाडौं, चैत २३ । नेपाल टेलिकमको प्रबन्ध निर्देशक पदमा नियुक्तिका लागि छनौट गर्न गठित सिफारिस समितिले तीन जनाको नाम टुंगो लगाएको छ ।

सञ्चार मन्त्रालयका सचिव वैकुण्ठ अर्यालको नेतृत्वमा गठित समितिले सर्टलिष्टमा परेका ९ जनामध्येबाट टेलिकममा कार्यरत दुई जनासहित तीन वटा नाम सिफारिस गर्न लागेको हो ।

बुधवार सिफारिस समितिको गोप्य बैठकले संगीता पहाडी अर्याल, सुरज सिंह थापा र सुशील पौडेलको नाम सिफारिस गरेको बताइएको छ । पहाडी र थापा टेलिकमकै निर्देशक पदमा कार्यरत हुनुहुन्छ भने पौडेल बाहिरबाट छनौटमा पर्नुभएको हो ।

यसैबीच टेलिकम कर्मचारी युनियनहरूले प्रबन्ध निर्देशक टेलिकमभित्रबाटै नियुक्त गर्नुपर्ने भन्दै मन्त्री ज्ञानेन्द्रबहादुर कार्की र सचिव अर्याललाई मंगलवार घेराउसहितको दबाब दिएका छन ।