जनता टाइम्स

२४ चैत्र २०७८, बिहीबार १३:२०

यसकारण एमाले महासचिव पोखरेल निर्वाचन आयोग जाँदै


काठमाडौं, २४ चैत । नेकपा एमालेका महासचिव शंकर पोखरेल निर्वाचन अयोग जाँदै हुनुहुन्छ । उहाँ अहिले आयोगमा जान लागेको एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जनाउनुभएको छ । आयोगले जारी गरेको निर्वाचन आचारसंहिताको विरोध गर्न उहाँ आयोग जान लाग्नुभएको हो ।

आयोगले कानून विपरित आचारसंहिता निर्माण गरेको आरोप एमालेले लगाएको छ । यसैकारण आचारसंहिता पालना गर्ने विषयमा आयोगले यसै साता आयोजना गरेको बैठकमा एमालेका प्रतिनिधिले हस्ताक्षर नगरी बाहिरिएका थिए ।