बर्दिया, चैत्र २४ । नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले स्यालको मोर्चा कसेर हात्तीको सिकार गर्न नसकिने बताउनु भएको छ । बर्दियाको गुलरियामा नेपाल भुमिहिन सुकुम्बासी संगठनको प्रथम केन्द्रिय अधिवेशनको उद्घाटन गर्दै सो कुरा बताउनु भएको हो । उहाँले गठबन्धन दलहरु प्रति लक्षित गर्दै उहाँले स्यालको मोर्चा कसेर हात्तीको सिकार गर्न नसकिने बताउनु भएको हो ।
अध्यक्ष ओलीले आफू सरकारमा रहेका बेला मुक्त कमैया भूमिहिन सुकुम्बासीहरुको समस्या समाधान गर्नका लागि भूमि सम्बन्धी समस्या समाधान आयोग गठन गरेको बताउँदै भूमिहिनलाई भूमिको मालिक बनाउन थालेकै बेला परमादेशका कारण सरकार छोड्नुपरेको बताउनुभयो ।नेपाली काँग्रेसले २०४८ सालमा बहुमत ल्याएपछि सुकुम्बासीहरुको छाप्रामा आगो लगाएको बताउनु भयो । त्यतीबेला नेपाली काँग्रेसले भुमिहिन मान्दैनौ सुकुम्बासी छैन भनेको बताउनु भयो ।
११ लाख सुकुम्बासी भुमिहिनहरुलाई जग्गा दिने गरी तयारी गरेका थियौँ तर परमादेशी सरकारले आयोग विगठन गर्यो । नेकपा एमाले सरकारमा रहँदा घर नभएकाहरुलाई जनता आवासका नाममा हजारौं घर निर्माण, हुलाकी राजमार्ग र पूर्व पश्चिम राजमार्ग निर्माण, राष्ट्रिय गौरवका आयोजना, प्रत्येक पालिका जोड्ने सडक, अस्पताल निर्माणका लागि बजेट पर्याप्त पुगेको बताउँदै उहाँले भन्नु भयो –‘अहिले त्यो बजेट कहाँ गएको छ ? बजेट पुग्दैन पैसा छैन भन्छन् ।’ अध्यक्ष ओलीले आजै गुलरिया नगरपालिकाकी उपप्रमुख एवं काँग्रेस निकट नेपाल महिला संघकी केन्द्रिय सदस्य शुसिला गिरी, गुलरिया नगरपालिका वडा नं. ६ का वडा अध्यक्ष निरज कुमार शर्मा, जसपाका लुम्बिनी प्रदेश सदस्य बालकृष्ण खनाल लगायत नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा समाजवादी लगायत विभिन्न पार्टीबाट दुई हजार पाँच सय बढी ब्यक्तिहरु प्रवेश गरेको नेकपा एमाले बर्दियाका अध्यक्ष लाल बहादुर श्रेष्ठले जानकारी दिनुभयो ।













प्रतिक्रिया दिनुहोस्