काठमाडौँ, चैत २६ । नेकपा एमालेका अध्यक्ष केपी ओलीले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई कारबाही गरेकोप्रति आपत्ति जनाउनुभएको छ । शनिबार विहान कोटेश्वरमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष ओलीले अर्थतन्त्र सुधारको प्रयास गरिरहेका गभर्नरलाई कारवाही गरिएकोमा आक्रोश व्यक्त गर्नुभएको हो ।
अर्थमन्त्री जनार्दन शर्माले अर्थतन्त्र ध्वस्त बनाएको अध्यक्ष ओलीको भनाइ छ । उहाँले भन्नुभयो, ‘थुतुनाभरि रौँ भएको मुसाले धान खायो, एउटै रौँ नभएको भ्यागुतोलाई कारबाही गर्यो । धान खाने मुसो, चोट खाने भ्यागुतो भयो ।
त्यसमा पनि अनुहारभरि रौँ भएको मुसोले अर्थतन्त्र बर्बाद पार्यो , ध्वस्त पार्यो । देश निर्लज्ज व्यक्तिहरूको हातमा परेको छ ।’‘देशको अर्थतन्त्र जोगाउन खोज्ने राष्ट्रसेवक, अर्थविद्, राष्ट्र बैंकबाट डेप्युटी गभर्नर भएर अर्थतन्त्र बुझेका मान्छेलाई बलीको बोको बनाइयो । उनलाई निलम्बन गरियो ।
माओवादीले नियुक्त गरेका, माओवादी निकट भनेर चिनिएका न्यायाधीशको नेतृत्वमा छानबिन समिति बनाइयो’ ओलीले थप्नुभयो ।













प्रतिक्रिया दिनुहोस्