जनता टाइम्स

२७ चैत्र २०७८, आईतवार ०९:३२

नेपाल राष्ट्रिय शिक्षक संगठनको राष्ट्रिय सम्मेलनलाई ओलीले सम्बोधन गर्ने


काठमाडौं, चैत्र २७ । नेकपा एमाले निकट नेपाल राष्ट्रिय शिक्षक संगठनको राष्ट्रिय सम्मेलन आज हुँदैछ । बिहान ११ बजे राष्ट्रिय सभा गृहमा सम्मेलनको उद्घाटन हुने भएको हो ।

सम्मेलनलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ । ओली मौसम प्रतिकूलताका कारण हिजो बाग्लुङको कार्यक्रमबाट काठमाडौं आउन सक्नुभएन ।

सम्मेलनलाई सम्बोधन गर्न आजै बिहान काठमाडौं आउदै हुनुहुन्छ । उहाँ हिजो पर्वत र बाग्लुङमा पार्टीको जिल्ला कमिटीले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्न जानुभएको थियो ।