जनता टाइम्स

२७ चैत्र २०७८, आईतवार १४:०८

अर्थमन्त्री नै भाग्नुपर्ने दिन नआओस : पूर्वअर्थमन्त्री पाण्डे


काठमाडौं, चैत्र २७ । नेकपा एमालेका उपाध्यक्ष सुुरेन्द्र पाण्डेले अर्थमन्त्री जनार्दन शर्मा भाग्ने स्थिति आउन सक्ने बताउनुभको छ। आइतबार नेकपा एमालेको प्रचार विभागले गरेको पत्रकार सम्मेलनमा उनले अर्थमन्त्री शर्माले कानुन विपरीत काम गरेको बताउनुभयो ।

अर्थमन्त्रीले विदेशबाट आएको रकम खुलाउन राष्ट्र बैंकका गभर्नरलाई पत्र लेखेको भन्दै पाण्डेले उक्त काम गैर कानुनी भएको बताउनुभएको हो ।

‘यदि एजेन्सी दह्रो हुने हो भने यही केसमा लगेर अर्थमन्त्रीलाई हाल्नुपर्ने हो भित्र, किन लेख्यौं पत्र भनेर यसो गर्न मिल्छ ?’ उहाँले भन्नुभयो, ‘हामीले बनाएको ऐन भन्दा बाहिर गएर कसैले चल्न मिल्छ र ?’अहिले श्रीलंकाका अर्थमन्त्री भाग्नुपर्ने अवस्था आएको भन्दै उहाँले नेपालको अर्थमन्त्रीको पनि त्यही अवस्था आउन सक्ने टिप्पणी गर्नुभयो।

‘श्रीलंकामा अर्थमन्त्री भाग्नेले सुन्दैछु , कतै यो दिन त नआओस् नेपालमा उहाँले भन्नुभयो ।