जनता टाइम्स

२७ चैत्र २०७८, आईतवार १६:०३

रामेछाप नगरपालिकाको उपप्रमुखमा नेकपा एमालेकी सिता कुमारी केसी (समिता ) सर्वसम्मत


काठमाण्डौ ,चैत्र २७। नेकपा एमालेले आशन्न स्थानीय तहको निर्वाचनका लागि रामेछाप जिल्लाको रामेछाप नगरपालिकामा प्रमुख र उपप्रमुख उम्मेदवार सर्वसम्मत रुपमा सिफारिस गरेको छ ।

नगर कमिटीको बैठकले मेयरमा रोशन पाख्रिन र उपमेयरमा सीता कुमारी केसीको नाम सर्वसम्मतरुपमा सिफारिस गरेको हो। २०५६ साल देखि रामेछाप नगर गोठगाउँ टोल कमिटीमा संगठित हुदै राजनीतिक यात्रा अगाडी बढाउनुभएकी केसी रामेछाप काठमाडौं अनेरास्ववियु सम्पर्क मंच , अन्तर जिल्ला युवा संघ र पद्मकन्या क्याम्पस बागबजार पारम्भिक कमिटीमा रहेर पनि योगदान दिनुभएको छ ।

युवा संघ केन्द्रिय अनुशासन आयोग , रामेछाप काठमाडौं सम्पर्क मन्च को उपाध्यक्ष तथा महिला प्रमुखका रुपमा सक्रिय केसी बागमती प्रदेश सम्पर्क सदस्य तथा स्कुल बिभागको उप प्रमुख समेत रहनुभएको थियो । हाल रामेछाप जिल्ला कमिटी सदस्य केसी जनसंगीत मंचको केन्द्रीय सदस्यका रुपमा लामो समय सम्म क्रियाशील रहनुभएको थियो ।