काठमाडौं, चैत्र २८। नेपाली कांग्रेस जुम्लामा चुनावी तालमेल गर्न नहुने आवाज उठेको छ।चैत २२ र २३ गते बसेको जिल्ला कार्यसमिति बैठकमा पनि गठबन्धन नगर्ने निर्णय भएको थियो।तर सभापति कर्णबहादुर शाहीले केन्द्रको निर्देशनअनुसार गठबन्धन गरेर जाने निर्णयमा हस्ताक्षर गरेपछि उपसभापति, सचिवलगायत कार्यसमितिका पदाधिकारीले नै विरोध गर्नुभएको छ ।असन्तुष्ट पक्षले वैशाखमा हुने स्थानीय चुनावमा कांग्रेस एक्लै अघि बढ्नुपर्ने माग गरेका छन्।
कांग्रेसले निर्वाचनमा एक्लाएक्लै प्रतिस्पर्धा गर्ने उहाँहरूले निकालेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।उपसभापतिहरू कार्मा बुढा र दीपक शाही, सचिव लक्ष्मण शाही र अर्जुन सिंह कठायत, सहसचिवहरू नन्दप्रसाद चौलागाईं र धनेन्द्र बोहरा र क्षेत्रीय सभापतिहरू लछिमन बोहरा र कालीबहादुर बुढाले कांग्रेसले गठबन्धन नभई एक्लै चुनावमा जानुपर्ने भन्दै विज्ञप्ति निकाल्नुभएको हो ।
चैत २६ मा कांग्रेस सभापति कर्णबहादुर शाही, नेकपा माओवादी केन्द्रका संयोजक वीरबहादुर कुँवर र नेकपा एकीकृत समाजवादीका अध्यक्ष तीर्थबहादुर बुढाले चुनावी तालमेल गर्ने निर्णय गर्नुभएको थियो । केन्द्रको निर्देशनअनुसार जुम्लामा पालिका र वडा तहसम्म गठबन्धन गरेर जाने निर्णयसहितको विज्ञप्ति जारी भएपछि कांग्रेसभित्र विरोध भएको हो।













प्रतिक्रिया दिनुहोस्