काठमाडौं, चैत्र २९ । नेपाली कांग्रेसबाट रामेछापको मन्थली नगरपालिका वडा नम्बर ५ मा वडाध्यक्षका लागि प्रस्तावित उम्मेदवार नै नेकपा एमालेमा प्रवेश गर्नुभएको छ ।
मंगलवार एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेटेर कार्कीले कांग्रेस परित्याग गर्नुभएको हो । उहालाई आसन्न निर्वाचनमा कांग्रेसबाट उम्मेदवार प्रस्ताव गरिएको थियो । एमाले केन्द्रीय सदस्य माधव ढुंगेलसहित गएका कार्कीले आफूलाई पद नचाहिएको तर विकास चाहिएको भन्दै ओलीको नेतृत्वका विकास र समृद्धि हुने बुझेर एमालेमा प्रवेश गरेको बताउनुभयो।
उहाँले कांग्रेसले आफ्नो मौलिक सिद्धान्त भुलेर गठबन्धनको राजनीति गरेपछि सो पार्टीमा बस्न मन नलागेको बताउनुभयो ।













प्रतिक्रिया दिनुहोस्