जनता टाइम्स

३० चैत्र २०७८, बुधबार १६:४५

वीरगञ्ज महानगरमा एमालेले टुंग्यायो मेयरको उम्मेद्वार


पर्सा, चैत ३० । नेकपा एमालेले वीरगञ्ज महानगरपालिकाको मेयरमा वर्तमान मेयर विजय सरावगीको नाम सर्वसम्मत सिफारिस गरेको छ ।

आज बसेको एमालेको वीरगञ्ज महानगरपालिका कमिटीको बैठकले सरावगीलाई सर्वसम्मत रुपमा उम्मेदवार सिफारिस गरेको महानगर कमिटीक उपाध्यक्ष महेश दासले जानकारी दिनुभयो ।

बैठकमा महानगर कमिटीका सचिव सुन्दरकुर्मीले सरावगीलाई उम्मेदवारको रुपमा सिफारिस गर्न प्रस्ताव गर्नुभएको थियो भने उपाध्यक्ष दासले समर्थन गर्नुभएको थियो । मेयर सरावगी गत महिना नेकपा एमालेमा प्रवेश गर्नुभएको थियो ।

२०७४ सालको स्थानीय तह निर्वाचनमा भने उहाँ तत्कालिन संघीय समाजवादी फोरमबाट मेयरमा निर्वाचित हुनुभएको हो ।