जनता टाइम्स

२ बैशाख २०७९, शुक्रबार १३:३३

पत्रकार भक्त राई महाकुलुङ गाउँपालिकामा एमालेबाट सर्वसम्मत सिफारिस


काठमाडौं, बैशाख २ । पत्रकार भक्त राई महाकुलुङ गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेको तर्फबाट सर्वसम्मत सिफारिस हुनुभएको छ । प्रेस चौतारी मोरङका पूर्व उपाध्यक्षसमेत रहनुभएका राई एमालेका तर्फबाट सोलुखुम्बुको महाकुलुङ गाउँपालिकाको अध्यक्ष उम्मेदवार सर्वसम्मत सिफारिस हुनुभएको हो ।

राई पत्रकारिताभन्दा अगाडि अनेरास्ववियुको राजनीतिमा हुनुहुन्थ्यो । मोफसल साप्ताहिक पथरी (मोरङ)बाट पत्रकारिता सुरु गर्नुभएका राईले बीएफएम विराटनगर, काठमाडौंमा नेपालन्यूज डट कमलगायतका सञ्चार गृहमा काम गर्नुभएको थियो ।