कैलाली, २ बैशाख । बालिकामाथि यौन दूर्व्यवहार गर्ने धनगढीका जगत कुँवरविरुद्ध बाल यौन दूर्व्यवहारको मुद्दा दर्ता भएको छ । अछामको खाल्सैन पुर्ख्यौली घर भई कैलालीको धनगढी उपमहानगरपालिका-४ उत्तरबेहेडी बसिरहेका ५१ वर्षका कांग्रेस नेता जगत कुँवरविरुद्ध ११ वर्षीया बालिकालाई यौन दूर्व्यवहार गरेको भन्दै आज जिल्ला प्रहरी कार्यालय कैलालीमा मुद्दा दर्ता भएको छ ।
दिनदहाडै अर्काको घरमा प्रवेश गरी दूर्व्यवहार गर्ने कुँवरलाई बुधबार बेलुका वडा प्रहरी कार्यालय धनगढीले पक्राउ गरि हिरासतमा राखेको थियो । आरोपित कुँवरले बुधबार दिउँसो साढे १ बजेको समयमा बालिकाको घरमा प्रवेश गरी कोठाभित्र बसिरहेकी बालिकामाथी हातपात गरेको र त्यो कुरा बालिकाले अपरान्हतिर अभिभावकलाई भनेपछी घटना बाहिरिएको हो । आरोपित जगत घटनालगत्तै फरार भएका थिए ।
बालिकाका अभिभावकले फोन गरि सम्पर्कमा ल्याएपछि उनले ‘मबाट गल्ती भयो, जेल हाल्ने भए हाल्नुस्’ भन्दै उल्टै चेतावनी दिएपछि प्रहरी बोलाई जिम्मा लाएको बालिकाका दाइले बताउनुभयो । जगत पक्राउ परेपछि उनकी श्रीमती दुर्गा कुँवर, छोरी माया र ममतालगायत परिवार बालिकाको घरमा गई उल्टै मेरो श्रीमान्लाई फसाउने भन्दै बालिका र उनकी दिदीलाई अश्लील शब्द प्रयोग गरि गालि बेइज्जतीसहित कुटपिट गर्न गएपछि छिमेकीले जोगाएका थिए । बालिकाका अभिभावकले दोषी जगतमाथी कडा कार्वाहीको माग गरेका छन् ।
घटना दर्ता नगर्न बरू जगतलाई खुट्टा ढोगाई माफी मगाउने र दिसापिसाब खुवाउने भन्दै काङ्ग्रेसका स्थानीय नेता कार्यकर्ताले घटना घटेको दिनदेखि नै घरमै आएर डर, धाकधम्की देखाइरहेको पनि अभिभावकको गुनासो छ । तर नाबालिकमाथी दिनदहाडै आफ्नै घरमा बसिरहेको बेला भएको यो अपराध क्षम्य नहुने भन्दै आफूहरू कानुनी बाटोमा गएको अभिभावकको भनाइ छ ।













प्रतिक्रिया दिनुहोस्