काठमाडौँ, २ वैशाख । रुपन्देहीका युवा व्यवसायी तथा समाजसेवी सिद्धार्थ गुरुङ लुम्बिनी विकास कोषको सल्लाहकारमा नियुक्त हुनुभएको छ । कोषले उहाँलाई पाँच वर्षका लागि सल्लाहकारमा नियुक्त गरेको हो ।
रुपन्देहीको बुटबल उपमहानगरपालिका ११ कालिकानगर निवासी उहाँ तमु युवा छोज धीः र गुरुङ राष्ट्रिय परिषद रुपन्देहीका अध्यक्ष हुनुहुन्छ । गुरुङ रेष्टुरेन्ट तथा निर्माण व्यवसायमा समेत आवद्ध हुनुहुन्छ । सामाजिक सेवामा रुचि राख्नु हुने गुरुङले नियमित रुपमा असहायहरुका लागि सहयोग समेत गर्दै आउनुभएको छ ।

सल्लाहकार नियुक्ती भएपछि उहासँगको कुराकानीमा गुरुङले आफ्नो क्षेत्रको विकासका लागि थप क्रियाशिल भएर अघि बढ्ने प्रतिबद्धता जनाउनुभयो । उहाँले नेपाल वुद्ध जन्मेको देश हो भनेर विश्वमा चिनिएको यस ठाउँलाई अझै थप प्रचारप्रसारमा योगदान पुर्याउनुका साथै कोषलाई आवश्यक सरसल्लाह दिनमा कुनै कञ्जुस्याई हुँदैन भन्नुभयो ।














प्रतिक्रिया दिनुहोस्