पर्सा, बैशाख २ । पर्साको बहुदरमाई नगरपालिका प्रमुख र उपप्रमुखको नाम नेकपा एमालेले टुंगो लगाएको छ ।नगर कमिटीको शुक्रवार बसेको बैठकले प्रमुखमा शिव पटेल र उप-प्रमुखमा सुश्मा कुशवाहालाई उम्मेदवार बनाउने सिफारिस गरेको हो ।
नगर कमिटी सचिव सुरेन्द्र यादवले जिल्ला एमाले पर्साका सह इन्चार्ज राजकुमार गुप्ता समेतको उपस्थितिमा उम्मेदवार सिफारिस गरिएको हो ।प्रमुखमा सिफारिस भएका पटेल केही समयअघि मात्रै लोकतान्त्रिक समाजवादी पार्टी परित्या गरी एमाले प्रवेश गर्नुभएको थियो ।













प्रतिक्रिया दिनुहोस्