जनता टाइम्स

२ बैशाख २०७९, शुक्रबार २१:२४

नुवाकोट पुगेर ओलीले भन्नुभयो : दाइ शरण आउन् कि भाइ शरण आउन्


काठमाडौं, २ वैशाख । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नुवाकोट अब आफ्नो पार्टीको ‘लालकिल्ला’ हुने दाबी गर्नुभयो । शुक्रबार नुवाकोटमा आयोजित पार्टीको जिल्ला स्तरीय चुनावी सभालाई सम्बोधन गर्दै नेपाली कांग्रेसका नेताहरु लक्षित टिप्पणी गर्नुभयो । अब नुवाकोट एमालेको किल्ला बन्ने भन्दै उहाँले भन्नुभयो, ‘(रामशरण र प्रकाशरण महत) यो शरण आउन कि अर्को शरण आउन्, दाइ शरण आउन् कि भाइ शरण आउन्।’ उहाँले अघि भन्नुभयो ‘(अर्जुननरसिंह–केदारनरसिंह केसी) नरसिंह आउन कि अर्को सिंह आउन केही मतलव छैन । एमालेको किल्ला नुवाकोट जिल्ला ।’एमालेलाई हराउन गठबन्धनका नाममा ठूलो षड्यन्त्र र ठूलो साँठगाँठ भइरहेको ओलीको दाबी छ । ‘एमालेले देशभरीका ७ सय ५३ वटै पालिकाहरुमा जित्नुपर्ने छ,’ उहाँले भन्नुुभयो ‘एमालेलाई जित्न नदिनका लागि घोषित रुपमा, अघोषित रुपमा गठबन्धन हुँदैछ ।’

आफ्नै गृह जिल्लामा पनि एमालेलाई हराउन गठबन्धनका दलले ‘राजावादी पार्टी’ लाई सघाउन लागेको उहाँको दाबी छ । ‘मेरै निर्वाचन क्षेत्र, मेरै नगरपालिकामा राजावादी राप्रपाका उम्मेदवारलाई कांग्रेस, माओवादी लगायतका पार्टीले साझा उम्मेदवार बनाउँदैछन्,’ उहाँले भन्नुभयो , ‘अनि अस्ति एक जनाले भन्दै थिए, अब केपी ओली ज्ञानेन्द्र शाहसँग मिल्न जान्छ, राजावादीसँग मिल्न जान्छ । लाज हुनुपर्ने , मेरै क्षेत्रमा साझा उम्मेदवार बनाउँदैछन् राजावादीलाई ।’