काठमाडौं, बैशाख ३ । नेपाली काग्रेसका सभापती शेरबहादुर देउवालाई परमादेशबाट प्रधानमन्त्री बनाउँन एक जुट भएका दलहरु आसन्न निर्वाचमा पनि गठबन्धन गरेर एमाले हराउँने भन्दै स्याल हुईया दिइरहेका छन् ।मुखले गठबन्धन भन्न जती सजिलो छ व्यवहारिक रुपमा यसको प्रयोग उत्तीकै कठिन हुँदै गएको छ । केन्द्रमा गठबन्धनका शिर्ष नेताहरु बसेर चियाको चुस्की सँग गठबन्धन गर्ने सैद्धान्तिक निर्णय गरेका छन् तर जिल्ला जिल्लाका गठबन्धन आवद्ध दलहरुका विचमा भागवण्डामा कुरा नमिल्दा गठबन्धन आवद्ध दलकै जिल्ला तहका नेताहरुका विचमा बोलचालनै बन्द हुने अवस्था देखिएको छ ।
चितवनको भरतपुर महानगरपालिका यस पटक पनि माओवादी केन्द्रलाई दिन काग्रेस सभापती शेरबहादुर देउवा तयार भए पछि चितवनका स्थाानिय काग्रेस कार्यकर्ताहरु आक्रोसित भए। उनीहरुले स्वस्फुर्त विद्रोहको चेतावनी दिइरहेका छन् । मोरङ , कन्चनपुरको कथा पनि उस्तै छ ।
यता पश्चिम तराई नेपालगञ्ज उपमहानगर र मध्यतराईको कलैया उपमहानगरमा सत्तारुढ गठबन्धनका एउटा एउटा पार्टीलाई बाहिर राखेर नयाँ गठबन्धनको अभ्यास सुरु गरिएको छ ।नेपालगञ्जमा जनता समाजवादी पार्टीले मेयर पदमा दाबी गरेकोमा त्यहाँ काँग्रेसले दाबी नछोडेपछि जसपाले गठबन्धन नमान्ने भन्दै बाहिरिएको छ । नेपालगञ्ज प्रकरणका कारण जसपाले अन्य चारवटा पालिकामा आफु खुशी उम्मेद्वारी घोषणा गरेको छ ।
जसपा नेता इस्तिहाक राइनका अनुसार काँग्रेस नेतृत्वको जोरजबरजस्तीका अगाडी आफुहरु नझुक्ने बताउनुभएको छ । ‘बाँकेमा हामी काँग्रेस नेतृत्वको गठबन्धनमा बस्दैनौ’ रायनले भनेका छन् ‘बिचार मिल्ने समुहसँग छलफल गरेर गठबन्धन गर्छौं ।’यता बाराको स्थिती पनि उस्तै छ । कलैया उपमहानगरमा काँग्रेसले दा’बी नछोडेपछि सत्ता गठबन्धनका काँग्रेस इतर दलहरु एकजुट भएका छन् । उनीहरुले पत्रकार सम्मेलन गरेर काँग्रेसको हैकम नमान्ने बताएका छन् ।
जनता समाजवादी,माओवादी र नेकपा एमाले काँग्रेसका विरुद्ध अलग्गै उम्मेद्वार दिने तयारी गरेका छन् । त्यती मात्र होइन बाराको जितपुर सिमरा नगरपालिकामा पनि काँग्रेसले एक्लै चुनाव लड्ने अडान लिएपछि अन्य दलले काँग्रेसकै विरुद्ध गठबन्धन गर्न सुरु गरेका छन् ।
खुमलटारमा शुक्रबार मात्रै बसेको नेकपा माओवादी केन्द्रको केन्द्रीय कार्यालयको बैठकमा अध्यक्ष पुष्पकमल दाहालले गठबन्धनमा समस्या देखिएको बताउनुभयो । उहाँले खास गरी एकीकृत समाजवादी र जनता समाजवादीले आफ्नो हैसियतभन्दा धेरै भाग खोज्न थालेपछि समस्या आएकाले अब कांग्रेससँग पनि प्रतिस्पर्धा हुन सक्ने उल्लेख गर्नुभयो । खास गरी कांग्रेस र माओवादीकै बलमा यहाँसम्म ल्याएको एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफू एमालेमै रहेको जस्तो गरेर भाग खोज्दा गठबन्धनमा गाह्रो भएको दाहालको टिप्पणी थियो। स्रोतका अनुसार उक्त बैठकमा गठबन्धनको धेरै भर पर्न नहुने निष्कर्ष पनि सुनाउँदै आफ्नै बलमा चुनावी तयारी थाल्नेतर्फ पनि नेताहरुको ध्यानाकर्षण गराएको बुझिएको छ ।
नेकपा एमालेले धमाधम उम्मेदवार तय गरिरहँदा चैत २९ मै सात बुँदे सहमति जारी गरिसकेको गठबन्धनको विवाद अहिले जिल्ला जिल्लामा चर्किन थालेको छ।
बिहीबार बाँकेदेखि सुरु भएको गठबन्धन भत्किने क्रममा शुक्रबारसम्म विभिन्न जिल्लामा पुगिसकेको छ।
कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी र राष्ट्रिय जनमोर्चा मिलेर बनेको गठबन्धनले आगामी वैशाख ३० गते एकआपसमा तालमेल गरेर चुनावमा जान गरेको निर्णय कार्यान्वयन हुनै नपाई भत्किन थालेको हो।अहिले गठबन्धनभित्र सबैभन्दा रुष्ट उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी बनेको छ।
उसले माओवादी र कांग्रेसले माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादीलाई प्राथमकिता दिएर आफ्नो भाग पनि खोस्ने काम गरेको भन्दै देशभर एक्लै चुनाव लड्ने तयारी गरेको हो। उसले कांग्रेससँग वीरगञ्ज महानगरपालिका, कलैया उपमहानगरपालिका, जनकपुरधाम उपमहानगरपालिका र नेपालगञ्ज उपमहानगरपालिका मागेको थियो। त्यस्तै थप एउटा उपमहानगर पनि दिनुपर्ने उसको अडान थियो। तर आफूले मागेजति दिन तयार नभएको कांग्रेसले माधव नेपाल नेतृत्वको एकीकृत समाजवादीलाई भने भनेजति तह दिन लागेको भन्दै रुष्ट भएको हो।
यद्यपि जसपा अध्यक्ष उपेन्द्र यादवले सबै तहको भागबण्डा नमिलिसकेकाले अहिले नै गठबन्धन छाडिहालेको भन्न नमिल्ने बताउनुभएको छ ।
संखुवासभामा संकट
प्रधानमन्त्री देउवाका एक विश्वासपात्र दीपक खड्काले शुक्रबार संखुवासभामा माओवादीसँगको गठबन्धन टुटेको घोषणा गर्नुभयो । माओवादी केन्द्र मिलेर जान अनिच्छुक देखिएपछि कांग्रेसले संखुवासभामा तालमेल नगर्ने निर्णय गरेको उहँले बताउनुभयो । खड्काले माओवादी केन्द्रको विश्वास गर्न नसकिने पनि टिप्पणी गनुभयो । ‘४/५ दिन बसिसक्यौँ। एक दिन एक प्रकारको सहमति र छलफल गर्ने।
अर्को दिन फेरि थपेर ल्याउन गर्न थाल्यो,’ जिल्ला सभापति खड्काले भन्नुभयो , ‘माओवादी केन्द्रको विश्वसनीयता र चरित्रका कारण तालमेल नहुने भयो।’ सभापति खड्काले चुनावी तालमेलका लागि सत्ता गठबन्धनका माओवादी केन्द्रबाहेकका अन्य दलहरूसँग छलफल जारी रहेको बताउनुभयो। संखुवासभामा १० स्थानीय तह छन्। तीमध्ये कांग्रेसले दुई नगरसहित तीन गाउँपालिका र एमालेले एक नगरसहित दुई गाउँपालिका जितेको थियो।
ताप्लेजुङ जसपा–एमाले
नेकपा एमालेका सचिव योगेशकुमार भट्टराईको गृहजिल्ला ताप्लेजुङमा जसपाले पाँच दलीय गठबन्धन छाडेर चुनावमा जाने तयारी थालेको छ।
केन्द्रले पाँच दलबाहिर तालमेल नगर्ने नीति बनाएको अवस्थामा ताप्लेजुङको दृश्य पनि फरक देखिएको छ। जसपाले ताप्लेजुङमा नेकपा एमालेसँग चुनावी तालमेलको विषयमा छलफल थालेको छ। जसपाका केन्द्रीय सदस्य सविन बानियाँले गठबन्धनमा रहेका कांग्रेस, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले पेल्न खोजेपछि स्थानीय तहको सापेक्षताका आधारमा एमालेसँग छलफल भइरहेको बताए।
डोल्पामा एक्लै लड्ने निर्णय
गठबन्धन टुट्ने पछिल्लो जिल्ला भएको छ डोल्पा। स्थानीय तहको निर्वाचनमा गठबन्धन नगर्ने निर्णय नै त्यहाँका तीन दलले शुक्रबार गरेका छन्।
स्थानीयतहमा भागबण्डा बसेको कांग्रेस, माओवादी र एकीकृत समाजवादी सम्मिलित सत्ता गठबन्धनको बैठकमा सहमति हुन नसक्दा गठबन्धन टुट्ने भएको हो। पाँच दलको केन्द्रीय निर्णय र र्सकुलरअनुसार जिल्लामा पनि गठबन्धनले नेकपा एमालेलाई स्थानीय निर्वाचनमा हराउन मिलेर जान छलफल थालेको थियो।













प्रतिक्रिया दिनुहोस्