बाँके, ३ बैशाख । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशमा सबै धर्म-सम्प्रदायको समान अधिकार रहेको बताउनुभएको छ । शनिबार मुस्लिम समुदायको रोजा इफतार कार्यक्रममा सहभागी हुनुभएका अध्यक्ष ओलीले देशको धार्मिक साम्प्रदायिकता कायम रहेको बताउनुभयो ।
यस कार्यक्रममा नेता ओलीलाई नेपालगन्जका मुस्लिम समुदायले स्वागत गरेका थिए। यस क्रममा उहाँले नेकपा एमालेले मुस्लिम समुदायको समस्या बुझ्नका लागि २०५१ सालमा मदरसा बोर्ड गठन गरेको बताउनुभएको थियो ।
आसपी सहयोग र प्रेमले हामीलाई आपसमा सदभाव बढाउने काम गर्छ,’ ओलीले भन्नुभयो । हुम्लाको बृहत पार्टी प्रवेश कार्यक्रम तथा आमसभाका लागि आइतबार हुम्ला जान लागेका ओली शनिबार नेपालगन्जमा मुस्लिम एत्तेहाद संगठनद्वारा आयोजित इफतारमा सहभागी हुनुभएको हो । कार्यक्रममा नेता ओली मुस्लिम समुदायको प्रचलित पहिरनमै प्रस्तुत हुनुभएको थियो ।













प्रतिक्रिया दिनुहोस्