जनता टाइम्स

५ बैशाख २०७९, सोमबार १३:१७

बालबालिकालाई ‘भिटामिन ए’ र जुकाको औषधि खुवाइँदै


काठमाडौं, ५ वैशाख । सरकारले दुई दिन बालबालिकालाई ‘भिटामिन ए’ र जुकाको औषधि खुवाउने भएको छ । मंगलबार र बुधबार देशव्यापी रूपमा राष्ट्रिय ‘भिटामिन ए’ कार्यक्रम सञ्चालन हुन लागेको हो । ६ देखि ५९ महिना उमेरसम्मका बालबालिकालाई ‘भिटामिन ए’ र १२ देखि ५९ महिना उमेरसमूहका बालबालिकालाई ‘भिटामिन ए’ साथै जुकाको औषधिसमेत खुवाइन लागिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

६ र ७ वैशाखमा देशव्यापी रूपमा सञ्चालन हुने अभियानमा सो उमेर समूहका बालबालिकालाई नजिकैको वितरण केन्द्रमा गई ‘भिटामिन ए’ र जुकाको औषधी खुवाउन मन्त्रालयले अनुरोध गरेको छ । कोरोना महामारीका कारण वितरण केन्द्रमा जाँदा कोभिड–१९ विरुद्धका सबै जनस्वास्थ्य मादपण्डको पूर्ण पालना गर्न र गराउनसमेत सबैमा अनुरोध गरेको छ ।