जनता टाइम्स

५ बैशाख २०७९, सोमबार १३:३४

गैरकम्युनिष्ट चरित्र देखिएपछि माओवादी केन्द्र दाङका इन्चार्ज गौतमले छाडे पार्टी


दाङ, ५ वैशाख । माओवादी केन्द्र दाङका इन्चार्ज जीवन गौतमले पार्टी छाड्नुभएको छ । पार्टीभित्र चरम गुटबन्दी र गैरकम्युनिष्ट चरित्र देखिएको भन्दै गौतमले पार्टीको केन्द्रीय सदस्यदेखि सम्पूर्ण जिम्मेवारीबाट राजीनामा दिनुभएको हो ।

आज घोराहीमा पत्रकार सम्मेलन गर्दै उहाँले राजीनामा दिएको घोषणा गर्नुभएको हो ।

उहाँ घोराही उपमहानगरपालिका मेयरका दाबेदार हुनुहुन्थ्यो । तर, गठबन्धन दलबीच घोराही उपमहानगर कांग्रेसको भागमा पर्ने भएपछि उहाँले माओवादी त्याग्नुभएको हो ।