जनता टाइम्स

२६ असार २०७६, बिहीबार १३:०६

महेश बस्नेतको निर्वाचन क्षेत्र : देखियो यस्तो उत्कृष्ट काम


भक्तपुर, असार २६

प्रदेश नं. ३ को जिल्लामध्ये भक्तपुर काम गर्ने अब्बल जिल्लाको रुपमा स्थापित भएको छ । तथ्यांकअनुसार भक्तपुर काम गर्नेमा अब्बल जिल्ला परेको हो । प्रदेशभित्रका एक सय ६१ निकायले विभिन्न जिल्लामा गरेको काममध्ये भक्तपुरमा छुट्याइएको बजेटमा ६० दशमलव ५७ प्रतिशत खर्च भएको देखिएको हो ।

विकास र समृद्धिको व्यापकमात्रामा उपयोग गरिरहेको जिल्ला, त्यस्तै निर्वाचन सांसद विकास कोषको उपयोगीता पनि अत्यन्तै उत्कृष्ट, प्रभावकारी भएको देखिएको हो । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का युवा नेता, पूर्वउद्योगमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतको क्षेत्र नं. २ मा बजेटको सही सदुपयोग तथा कामले तिव्रता दिएको पाइएको छ ।

बस्नेतको निरन्तर खवरदारी, अनुगमनका कारण बजेटको सही सदुपयोग तथा प्रयोग वास्तविक ठाउँमा भएको र उल्लेख्य मात्रामा प्रगति देखिएको हो । निर्वाचन क्षेत्र विकास कोषको बजेटले शुरुवात भएका १८ आयोजनाहरु तिव्र गतिका साथ अगाडि बढेको छ ।

यी हुन्, सूर्यविनायकमा ५ र मध्यपुर थिमीमा रहेको १३ आयोजनाहरु :

१. सूर्यविनायक नगरपालिका वडा नं. ५ सिजर्ना नगरबाट नगरपालिका जाने सडक,
२. सूर्यविनायक नगरपालिका वडा नं. ७ मा फुटसल तथा सामुदायीक भवन,
३. सूर्यविनायक नगरपालिका वडा नं. ४ तर्खाल कृष्ण मन्दिरदेखी सेतोपाटी कार्की गाउँ जाने सडक तथा कुलो निर्माण,
४. सूर्यविनायक नगरपालिका वडा नं. ३ चुमटोल उकालो बाटो स्तरउन्नती,
५. सूर्यविनायक नगरपालिका वडा नं. ५ सूर्यनगर सडक कालोपत्रे,

६. मध्यपुर थिमी नगरपालिका वडा नं. १ शिवनगर टोल कालोपत्रे
७. मध्यपुर थिमी नगरपालिका वडा नं. ३ अरनीको वस्तीमा सामुदायीक भवन निर्माण,
८. मध्यपुर थिमी नगरपालिका वडा नं. ४ र ५ लावाटोलबाट दुई पोखरी जाने सडक निर्माण,
९. मध्यपुर थिमी नगरपालिका वडा नं. ५ र ६ सिद्धिकाली चोकबाट नासननी जाने सडक निर्माण,
१०. मध्यपुर थिमी नगरपालिका वडा नं. ७ नगदेश गार्चामा कलात्मक द्धार निर्माण,

११. मध्यपुर थिमी नगरपालिका वडा नं. ८ सिन्जा पाटीबाट बृद्धाश्रम जाने सडक निर्माण,
१२. मध्यपुर थिमी नगरपालिका वडा नं. ९ सानोवन उद्यान संरक्षण,
१३. मध्यपुर थिमी नगरपालिका वडा नं. १ मनोहरा प्लानिङ्को खुल्ला क्षेत्रमा उद्यान निर्माण,
१४. मध्यपुर थिमी नगरपालिका वडा नं. ३ तेस्रोटारमा सामुदायीक भवन निर्माण,
१५. मध्यपुर थिमी नगरपालिका वडा नं. ६ कुण्डोलमा सामुदायीक भवन निर्माण,

१६. मध्यपुर थिमी नगरपालिका वडा नं. २ सानो थिमी एस ओ एस अगाडीको सामुदायीक भवन निर्माण,
१७. मध्यपुर थिमी नगरपालिका वडा नं. २ चेतनशिल युवा क्लवको भवन निर्माण तथा ट्रस निर्माण,
१८. मध्यपुर थिमी नगरपालिका वडा नं. ९ नागवेली मार्गमा ढल निर्माण,