जनता टाइम्स

८ बैशाख २०७९, बिहीबार १६:५४

गठबन्धनको अफवाह तोडने अठोटसहित बागमती प्रदेशमा प्रचार डेस्क स्थापना


ललितपुर, बैशाख ८ । बैशाख ३० गते हुन गइरहेको स्थानीय तह निर्वाचनका लागि प्रचार डेस्क स्थापना भएको छ । नेकपा एमाले बागमती प्रदेश प्रचार विभाग र प्रेस चौतारी नेपालका बागमती, उपत्यका, एशोसियट र प्रतिष्ठान प्रदेशले संयुक्त रुपमा प्रचार डेस्क स्थापना गरेको हो ।
बैशाख ३० मा सम्पन्न हुने स्थानीय तहको निर्वाचनलाई केन्द्रित गरेर प्रचार डेस्क स्थापना गरिएको बागमती प्रदेश प्रचार तथा प्रकाशन विभाग प्रमुख महेश बर्तौलाले जानकारी दिनुभयो । डेस्क स्थापना गर्दै नेकपा एमालेका स्थायी कमिटी सदस्य एवं बागमति इञ्चार्ज काशीनाथ अधिकारीले प्रचार डेस्कले प्रदेश भित्रका वडा वडा सम्मका पार्टी गतिविधिहरुलाई प्रचारमा ब्यवस्थित गरिने बताउनुभयो ।

कार्यक्रममा नेकपा एमाले केन्द्रीय प्रचार विभाग उपप्रमुख विष्णु रिजालले नेकपा एमालेको प्रचार शैली सभ्य, व्यवस्थित र आक्रामक हुने जानकारी दिनुभयो । प्रेस चौतारी नेपालका महासचिव हीरामान लामाले सबै प्रदेशरुमा प्रेस चौतारीका कमिटीहरुले प्रचार डेस्क स्थापना गरिसकेका र अब पार्टीसँग मिलेर प्रचार गतिविधि अघि बढाइने जानकारी दिनुभयो ।

कार्यक्रममा नेकपा एमाले बागमती प्रदेश कमिटी अध्यक्ष केशव पाण्डे, चौतारी बागमती प्रदेश कमिटी अध्यक्ष शरद सापकोटा, एशोसियट ईन्चार्ज समीर बलामी, प्रचार विभाग सदस्य ध्रुव घिमिरे लगायतको उपस्थिति रहेको थियो।