जनता टाइम्स

८ बैशाख २०७९, बिहीबार १७:४४

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक भोली बस्ने


काठमाडौं, ८ वैशाख । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक भोली दिउँसो २ बजे बस्ने भएको छ । बैठक ललितपुरस्थित पार्टीको केन्द्रीय कार्यालय वीपी स्मृति भवनमा बस्ने जनाइएको छ ।

उक्त बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूलाई उपस्थित हुन भनिएको छ । बैठकमा स्थानीय तह निर्वाचन र उम्मेदवारी सम्बन्धमा छलफल हुने कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेले बताउनुभएको छ ।