जनता टाइम्स

८ बैशाख २०७९, बिहीबार २०:०९

गठबन्धन धरापमा परेको झलनाथको खुलासा, कांग्रेसमाथि लगाए निकै गम्भीर आरोप


इलाम, बैशाख ८। सत्ता साझेदार नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनाल सत्ता गठबन्धनको साझेदार नेपाली कांग्रेसमाथि खनिनु भएको छ । सत्ता गठबन्धनमा माधवको पार्टीले चाहे जस्तो भाग नपाए पछि खनाल काङ्ग्रेससँग खनिनु भएको हो ।

इलामको माइजोगमाई गाउँपालिकामा आयोजित कार्यकर्ता भेलामा बोल्दै उहाँले कांग्रेसले उद्योग, कारखाना बेचेर खाएको आरोप लगाउनुभयो । कांग्रेसले सरकारी उद्योग कारखाना बेचेर खाएको कुरालाई कांग्रेस कार्यकर्ताले स्विकार्नै पर्ने बताउनुभयो । ‘कांग्रेसलाई चाहिँ त्यो सरकारी उद्योग देख्नै नहुने रहेछ’, खनालले भन्नुभयो ।

कांग्रेसले देशलाई पूर्णरुपमा परनिर्भर गराएको आरोप पनि खनालले लगाउनुभयो । राणा कालमा भए जत्तिको उत्पादन पनि देशले गर्न नसकेको उहाँले बताउनुभयो । भएका उद्योग समाप्त गरेर देशलाई आयातमुखी बनाएको उहाँको आरोप छ ।