काठमाडौं, बैशाख ९ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले काठमाडौं, ललितपुर र पोखरा महानगरपालिकामा मेयरको उम्मेदवारको टुंगो लगाएको छ ।
राप्रपाले काठमाडौंमा कलाकार मदनदास श्रेष्ठलाई मेयरको उम्मेदवार बनाउने निर्णय गरेको छ । त्यसैगरी ललितपुरमा अष्ट महर्जन र पोखरामा शंकर खराललाई मेयर उठाउने निर्णय गरेको प्रवक्ता मोहन श्रेष्ठले बताउनु भयो । महर्जन ललितपुरका अध्यक्ष हुनुहुन्छ भने खराल विश्व हिन्दु महासंघका उपाध्यक्ष हुनुहुन्छ ।
त्यसैगरी बुटवल उपमहानगरपालिकामा व्यवसायी मृगेन्द्र शेरचनलाई प्रतिस्पर्धा गराउने भएको छ । शेरचन बिहीबारबाट राप्रपामा प्रवेश गर्नुभएको थियो । त्यसैगरी रुपन्देहीको भैरहवा नगरपालिकामा सागरप्रताप राणा, देवदह नगरपालिकामा माधव रिमाल र तिलोत्तमा नगरपालिकामा भुवन खनाललाई मेयरको उम्मेदवार बनाउने निर्णय गरेको छ ।
राणा पूर्वमेयर र राप्रपाको रुपन्देही अध्यक्ष तथा रिमाल प्रदेश कमिटीका अध्यक्ष हुनुहुन्छ । त्यसैगरी रुपन्देहीको रोहिणी गाउँपालिकाकाको प्रमुखमा ताहिर अलीलाई उम्मेदवार बनाउने भएको छ । उहाँ केन्द्रका सहमहामन्त्री हुनुहुन्छ ।
राप्रपाले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको गृह नगरपालिका दमकमा राम थापालाई उम्मेदवार बनाउने निर्णय गरेको छ । बर्दियाको मधुवन नगरपालिकाको मेयरमा गिरिराज पुरुष र कालिकोटको पलाता गाउँपालिका प्रमुखमा निराजन बम र कञ्चनपुरको भिमदत्त नगरपालिकाको मेयरमा गजेन्द्र चन्दलाई मेयरको उम्मेदवार बनाउने भएको छ ।













प्रतिक्रिया दिनुहोस्